२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

विदेशमा रहेका मतदातालाई पनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न माग

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते १४:२५
विदेशमा रहेका मतदातालाई पनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न माग

काठमाडौंः विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेनजी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरुले विदेशमा रहेका मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । रोजगारीको खोजीमा विदेशिन बाध्य मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिने उनीहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइएको जेनजी अभियन्ता शिव यादवले बताए।

उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकरी लिइएको बताए । अभियन्ता यादवले भने, ‘हाम्रो देशमा रोजगारीको अभावका कारण धेरे युवा साथीहरु आफ्नो हातमुख जोडनका लागि भएपनि  देश छोड्नका लागि बाध्य छन अहिले । ती साथीहरुलाई पनि अब आउँदै गरेको निर्वाचनमा हरेक नेपाली नागरिकलाई मत हाल्ने अधिकार नेपालको संविधानले नै व्यवस्था गरेको छ । धेरैजसो नेपाली नागरिक दाजुभाईहरु नेपालमा जागिर नपाईपछि वा कुनै कारणवश विदेशिन बाध्य छन् । उहाँहरुलाई पनि अब आउने निर्वाचनमा जेनजी विद्रोहबाट जुन सरकार बन्यो । युवाहरुको विद्रोहबाट जुन सरकार बन्यो । अव आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागि गराउनु पर्छ  ।’

जेनजी अभियन्ताहरुले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए । यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदाताहरुलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि आयोग लागि परेको बताएका थिए । उनले आयोगले त्यसका लागि सरकारसँग छलफल गरिरहेको पनि बताए। कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सबै मतदाताको अधिकार हनन हुन नदिन दत्तचित्त भएर काम गरिरहेको बताए  ।

उनले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे ।
 

ADV

सम्बन्धित खबर

Advertise