२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

२४ भदाैमा हिंसा भड्किँदा प्रचण्ड कसरी जोगिए ?

shivam cement
२०८२ असोज २४ गते १४:३२
Shares
२४ भदाैमा हिंसा भड्किँदा प्रचण्ड कसरी जोगिए ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिँसा भड्किँदा आफूलाई अन्य नेताहरूजसरी नेपाली सेनाले उद्धार नगरेको खुलासा गरेका छन् । शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा प्रचण्डले आफू स्वतःस्फूर्त रूपमा सेनासँग समन्वय गरी सुरक्षित स्थानमा पुगेको बताए ।

'अन्य नेताहरूलाई सेनाका अधिकारीहरूले आफैं सम्पर्कमा ल्याएर सुरक्षित ठाउँमा पुर्‍याए,' प्रचण्डले भने, 'प्रधानमन्त्रीलाई हेलिकप्टरमार्फत उद्धार गरियो । तर मेरो हकमा त्यस्तो भएन । मलाई कसैले बोलाएको वा लगेको होइन । म सिंहदरबारमै थिएँ । जब सुरक्षा निकायले बाहिर निस्कन जोखिमपूर्ण भएको जानकारी दियो, मैले आफैं पहल गरेर प्रधानसेनापतिसँग कुराकानी गरी सेनाको सहायता लिएँ ।'

प्रचण्डले आफूले राष्ट्रपतिसँग दिनमा तीनदेखि चार पटक संवाद गरेर आन्दोलनको निकास खोज्ने प्रयास गरेको पनि बताए । 'रातभर राष्ट्रपतिसँग प्रधानसेनापतिको उपस्थितिमा छलफल भएको कुरा सबैलाई अवगत नै छ,' उनले भने ।


ताजा खबर

सम्बन्धित खबर