२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँः संयोजक हाना

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते १७:५८
नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँः संयोजक हाना

काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ ।

शुक्रवार अपरान्ह सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटवार्तामा पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनर्स्थापनाबारे छलफल भएको छ । भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खासगरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा पुनर्स्थापनाका भइरहेको पहलहरुबारे जानकारी गराए । 

त्यसक्रममा, कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात जनधनको क्षति कम गर्न भएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलहरुबारे पनि उल्लेख गरे । उनले बाढीले परेको प्रभावबारे जानकारी लिएको र आफूले गर्नसक्ने सहयोग गर्न तयार रहेको बताएको जानकारी दिए । 

राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले सबैभन्दा धेरै प्रभावित भएको इलाममा खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइ सम्बन्धी सहयोग र पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय निकायहरुले तत्काल उपलब्ध गराउनसक्ने सहयोगबारे जानकारी गराएको बताइन् । 

आवासीय संयोजक हाम्डीले नेपाल सरकार र प्राधिकरणले विपद् प्रतिकार्यमा गरेका पहलहरुको प्रशंसा पनि गरेकी थिइन् । 
 

ADV

सम्बन्धित खबर

Advertise