हुम्लाः हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै भएकाे बोलेरो जिप दुर्घटनामा घाइते भएकाहरु मध्ये ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलका अनुसार मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उनका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहेकी छन् ।
अन्य घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि सुर्खेत पठाइएको हो । घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए ।
सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जिप दुर्घटनामा परेको थियो । ग्रामीण कच्ची सडकबाट जिप ३०० मिटर तल खसेको थियो । कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जिप दुर्घटनामा परेको हो ।