२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ०७:३७
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

ADV

सम्बन्धित खबर

Advertise