२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ०८:०७
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर

काठमाडौँ : उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।

अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ । यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो । 

चालु अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही नियमित गर्ने र नयाँ पुनरावेदन पत्र दर्ता गरी सेवा प्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिष्ट्रार बास्कोटाले बताए । जेनजीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडि बढ्न सकेको थिएन । 

ADV

सम्बन्धित खबर

Advertise