२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

कैलालीमा एक युवकको हत्या

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १०:१९
कैलालीमा एक युवकको हत्या

काठमाडौँ : कैलालीमा एक युवकको विभत्स हत्या गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मसमर्पण गरेको जानकारी दिए ।

उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए ।

प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरूले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।

हत्या गरिएका केशरबहादुरको टाउको भने इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise