२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

माटोको ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

shivam cement
२०८२ असोज २५ गते १०:४६
Shares
माटोको ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

बारा : छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छिन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन । 

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयाका ल्याइरहेको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।  
 

ताजा खबर

सम्बन्धित खबर