२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

कांग्रेस नेत्री कर्णको निधन, देउवाद्वारा दुःख व्यक्त

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ११:०८
कांग्रेस नेत्री कर्णको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ : नेपाली कांग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ । 

कांग्रेस पूर्वमहामत्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते निधन भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गरेका हुन् ।  

विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाइ एवं पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उनी आन्दोलनमा सहभागी भएकी थिइन्। उनको निधनबाट नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।

कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्व कर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत  तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise