२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

हमासले सार्वजनिक गर्‍यो रिहा हुने २० बन्धकको सूची, छैन विपिन जोशीको नाम

shivam cement
२०८२ असोज २७ गते ११:०६
Shares
हमासले सार्वजनिक गर्‍यो रिहा हुने २० बन्धकको सूची, छैन विपिन जोशीको नाम

काठमाडौं : हमासको सैन्य शाखाले आज रिहा गर्न लागिएको २० बन्धकको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’का अनुसार, यो सूचीमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम समावेश छैन ।

यी २० बन्धकका नाम यसअघि नै इजरायलसँगको वार्तामा प्रदान गरिएको थियो र तिनीहरूलाई रिहाइको लागि छनोट गरिएको हो ।

सार्वजनिक सूचीमा रहेका बन्धकहरूको नाम निम्नानुसार छन् :

बार कुपरस्टाइन, एव्यातार डेविड, योसेप-चाइम ओहाना, सेगेभ काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ-डलाल, रोम ब्रास्लाब्स्की, र एरिएल कोनियो ।

यो सूचीले रिहाइ प्रक्रियालाई औपचारिकता प्रदान गरेको छ, तर नेपाली नागरिक विपिन जोशीको नाम नपरेकोमा चिन्ता व्यक्त गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर