२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

गृहमन्त्री अर्यालले तोडाए अनशन

shivam cement
मध्यान्ह
२०८२ असोज २८ गते १५:०७
गृहमन्त्री अर्यालले तोडाए अनशन

काठमाडौंः गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाएका छन् ।

बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्दै आएका थिए । 

गृहमन्त्री अर्यालले अनशनस्थलमा पुगेर अनशनरत बुढालाई पानी पिलाएर अनशन तोडाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनी विभिन्न तीन बुँदे माग ब्यानरमा राखेर अनशन बसेका थिए ।

अनशन तोडाउँदै गृहमन्त्री अर्यालले पीडितको निवेदन आइसकेकाले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise