२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

असोजमै फुल्यो ‘पलम’

shivam cement
मध्यान्ह
२०८२ असोज ३० गते ०८:३६
असोजमै फुल्यो ‘पलम’

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । 

 विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यस वर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए। “विगतमा फागुन/चैतमा फूल फुल्थ्यो । यस वर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने । 

यहाँ प्राय:सबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पति विज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन् । “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भने । 

ADV

सम्बन्धित खबर

Advertise