२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

धानको समर्थन मूल्य कार्यान्वयन गर्न माग गर्दै किसान संघको ज्ञापनपत्र

shivam cement
शहबाज खान
२०८२ कार्तिक २१ गते २०:२९
Shares
धानको समर्थन मूल्य कार्यान्वयन गर्न माग गर्दै किसान संघको ज्ञापनपत्र

कपिलवस्तु : धानको न्यूनतम समर्थन मूल्य तत्काल कार्यान्वयन गर्न माग गर्दै कपिलवस्तु किसान संघले सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

संघले गृह, अर्थ, कृषि तथा उद्योग मन्त्रालयलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा किसानको रगत–पसिनाले उत्पादन गरिएको धान व्यापारीहरूले मनपरी दर तोकेर सस्तोमा किन्ने कार्य रोक्न सरकारको हस्तक्षेप आवश्यक रहेको जनाएको छ ।

मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकिए पनि व्यवहारमा त्यसको कार्यान्वयन नदेखिएको किसान संघको आरोप छ । संघका अनुसार बजारमा व्यापारीहरूले तोकिएको मूल्यभन्दा निकै कम दरमा धान किनिरहेका छन्, जसका कारण किसान ऋण र खर्चको दबाबमा परेका छन् ।

धान भित्र्याउने मुख्य सिजन चलिरहेका बेला मूल्य कार्यान्वयन नहुँदा किसानलाई ठुलो आर्थिक संकट परेको संघको भनाइ छ । संघले जिल्ला प्रशासन र प्रहरी प्रशासनलाई बजार अनुगमन कडाइका साथ गर्न, व्यापारी–मिल उद्योगीको मिलेमतोमा मूल्य घटाउने गतिविधि रोक्न र तोकिएको दरमै खरीद सुनिश्चित गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर