२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

राष्ट्र बैंकद्वारा ७ खर्ब ६५ अर्बभन्दा बढीका झुत्रा नोट नष्ट

Nada
२०८३ मंसिर २ गते १६:५१
Shares
राष्ट्र बैंकद्वारा ७ खर्ब ६५ अर्बभन्दा बढीका झुत्रा नोट नष्ट

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ ।

बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन गरिएका झुत्रा, मैला तथा च्यातिएका नोट धुल्याएर ब्रिकेट बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार २०८३ असार मसान्तसम्म चलनचल्तीमा रहेका नोटको कुल मूल्य ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले बढी हो ।

यसैगरी, राष्ट्र बैंकसँग २०८३ असार मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी मूल्यका नयाँ नोट मौज्दात रहेका छन् । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकले विभिन्न दरका नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता गरेको जनाएको छ । साथै, नोटको सुरक्षा र गुणस्तर सुधार गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षण विशेषता तथा प्राविधिक मापदण्ड अद्यावधिक गरिरहेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर