२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते कार, २८ जनालाई मोटरसाइकल र स्कुटर

Nada
२०८३ कार्तिक ३० गते १७:५५
Shares
म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते कार, २८ जनालाई मोटरसाइकल र स्कुटर

काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिंकले सञ्चालन गरेको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारमा प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन् ।

एउटा क्यान खरिद गर्दा पुरस्कार जित्ने अवसर पाएका लामाले कार जितेपछि खुसी व्यक्त गरेका छन् । उनले एउटा क्यानबाटै यति ठूलो पुरस्कार प्राप्त हुन्छ भन्ने कल्पना नगरेको बताए । सुरुमा कार जितेको खबरसमेत विश्वास गर्न नसकेको उल्लेख गर्दै उनले यसले आफू र परिवारलाई खुसी बनाएको प्रतिक्रिया दिए ।

कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका छन् ।

मोटरसाइकल जित्नेहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो छन् ।

त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

स्कुटर जित्नेहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् ।

यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेका छन्। 

म्याक्स टाइगरले उक्त अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो । जसमध्ये हालसम्म एउटा कार, १६ वटा मोटरसाइकल र १२ वटा स्कुटर उपभोक्ताले जितिसकेका छन् । अब दुईवटा मोटरसाइकल र ६ वटा स्कुटर गरी आठवटा पुरस्कार वितरण हुन बाँकी छन् ।

कम्पनीले अभियान अझै जारी रहेकाले उपभोक्ताले म्याक्स टाइगर इनर्जी ड्रिंकको एउटा क्यान खरिद गरेर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर