२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

नेतृत्व अब युवाको हुनुपर्छ : झाँक्री

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर २ गते २१:४८
Shares
नेतृत्व अब युवाको हुनुपर्छ : झाँक्री

अर्घाखाँची : नेकपा (एमाले) नेत्री रामकुमारी झाँक्रीले देशलाई नयाँ दिशातर्फ लैजान युवा पुस्ताको नेतृत्व अपरिहार्य रहेको बताएकी छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले युवालाई अग्रपंक्तिमा ल्याउनु एमालेको जिम्मेवारी भएको उल्लेख गरिन् । 

झाँक्रीले वर्तमान समय डिजिटल युग भएको उल्लेख गर्दै राजनीतिक दलहरूले समयको मागअनुसार नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । नेतृत्वमा हाँक्ने जिम्मा युवाको हो ।’

उनले एमाले आगामी निर्वाचनका लागि तयार छ, तर निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाइन् । सरकारले दलहरुसँग संवाद र छलफल नगरेको जिकिर गर्दै नेत्री झाँक्रीले प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएको र कारागारबाट भागेका कैदीबन्दीसमेत बाहिर रहेकाले निर्वाचनको वातावरण नभएको बताइन्  ।

झाँक्रीले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर अहिलेको चुनौतीपूर्ण अवस्थाको निकास प्रतिनिधिसभा पुनस्र्थापना भएको तर्क गरिन् । 

‘केही राजनीतिक दलले जेनजी रिसाउलान् भनेर चुनाव भनेका छन्,’  उनले भनिन्  ‘एमालेको स्पष्ट अडान छ, २०५९ को जस्तो वैधता नपाउने चुनावको अर्थ छैन, प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव हुन सम्भव देखिँदैन ।’

ADV

सम्बन्धित खबर