२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

 कस्तो रहला आज देशभरको मौसम ?

shivam cement
२०८२ पुष ४ गते ०८:२५
Shares
 कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्य भू-भागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।  

आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

सम्बन्धित खबर