२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

shivam cement
२०८२ पुष ४ गते ०९:३४
Shares
पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ : गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि बिहीबारदेखि खुला गरिएको छ ।

 सम्पदा बचाउ अभियानकर्मीको समूहले हिजो पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगको सो ढोका खोल्न अनुरोध गरेको थियो । 

अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले हिजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो । करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो ।

अभियानकर्मीले विश्व सम्पदा क्षेत्रमा आफूखुसी जथाभाबी गर्न थालेपछि त्यसो नगर्न सुझाव दिएको रायमाझीले बताए । सदस्य सचिव भुसाललाई अनुरोध गरेको केही समयमै ढोका खुला भएको उनले सुनाए। 

रायमाझीले यसअघि पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि भूमिका खेलेका थिए ।

सम्बन्धित खबर