२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रास्वपाको समानुपातिक सूचीमा परिन् गायिका सत्यकला राई

shivam cement
२०८२ पुष ४ गते १३:०५
Shares
रास्वपाको समानुपातिक सूचीमा परिन् गायिका सत्यकला राई

काठमाडौँ : ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।

खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नबल खड्काकी श्रीमती हुन् । सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा रहेकी राईले रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेको जानकारी दिइन् । निर्वाचित भएर काम गर्ने इच्छा रहेको पनि बताइन् ।

रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्ने छ । तर अमेरिकामा रहेकी राई भने छलफलमा सहभागी हुने छैनन् ।

नेपाल फर्किएपछि थप छलफल गर्ने उनले बताइन् । रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम छ ।

सम्बन्धित खबर