
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनको भरतपुर हुँदै रूपन्देही प्रस्थान गरेका छन् ।
उच्च अदालत बुटवलले बिहीबार सर्तसहित थुनामुक्त गर्ने आदेश दिएपछि रिहाइ प्रक्रिया पूरा गर्न उनी स्थलगतमार्ग हुँदै रूपन्देही जाँदैछन् । अदालतको आदेश जिल्ला अदालत रूपन्देहीमा पुग्न बाँकी छ ।
संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगोबापतको रकम बुझाएर रिहाइ माग गर्दै निवेदन दिएका थिए ।