२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रवि लामिछाने धरौटीमा रिहा

shivam cement
२०८२ पुष ४ गते १८:४०
Shares
रवि लामिछाने धरौटीमा रिहा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत बुटवलको आदेशअनुसार कागजी प्रक्रिया पूरा भएपछि उनी आज साँझ रूपन्देही जिल्ला कारागारबाट छुटेका हुन् । 

बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनलाई रिहा गरिएको हो ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो । 

रिहाइपछि भैरहवामा रास्वपाका नेता–कार्यकर्ताले खुसीयाली मनाएका छन् ।

सम्बन्धित खबर