२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

प्रेस काउन्सिलमा तथ्यजाँचसम्बन्धी छलफल

shivam cement
२०८२ पुष ८ गते २२:००
Shares
प्रेस काउन्सिलमा तथ्यजाँचसम्बन्धी छलफल

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिथ्या सूचनाका कारण सञ्चार माध्यमप्रति पाठक, स्रोता र दर्शकको विश्वसनीयता घटिरहेको बेला तथ्यजाँच आवश्यक रहेको औंल्याएका छन् । प्रेस काउन्सिल नेपालले मंगलबार काउन्सिल सभाहलमा आयोजित सञ्चारमाध्यमको अनुगमन गर्ने सन्दर्भमा तथ्यजाँचसम्बन्धी छलफल कार्यक्रम अध्यक्ष डा. आचार्यले त्यसका लागि स्वतन्त्र तथ्य जाँचकर्ताहरूको भूमिका अपरिहार्य हुने बताउँदै सामाजिक सञ्जालमा आएका सबै सूचनालाई तथ्य समाचार नठान्न आग्रह गरे । 

काउन्सिलद्वारा गठित तथ्यजाँच कार्यदलका संयोजक भीमलाल श्रेष्ठको सभापतित्वमा आयोजित उक्त छलफलमा तथ्यजाँचका क्षेत्रमा क्रियाशील उमेश श्रेष्ठ, प्रवेश सुवेदी, रविराज बराल, शिव बस्नेत, यामु कँडेललगायतले तथ्यजाँचसम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा भएगरेका अभ्यास तथ्यजाँचसम्बन्धी, तौरतरिका, विधि र काउन्सिलले आगामी दिनमा गर्नुपर्ने कार्यमा सम्बन्धमा काउन्सिललाई सुझाव दिए । 

स्वतन्त्र निकायबाट प्रमाणका आधारमा तथ्यजाँच हुने हुँदा काउन्सिलले त्यस्ता नियकासँग साझेदारी गर्न एवं मिथ्या सूचना फैलनबाट बच्नेबारे जगारणका कार्यक्रम सञ्चालन गर्न उपर्युक्त हुने विज्ञहरूको सुझाव रहेको थियो ।

काउन्सिलले पत्रकार अनुगमनसंहिता अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुगोस् भन्ने हेतूले तथ्यजाँचसम्बन्धी विज्ञहरूसँग छलफल कार्यक्रम आयोजना गरिएको संयोजक भीमलाल श्रेष्ठले जानकारी दिए ।

छलफल कार्यक्रममा काउन्सिल सदस्यहरू कुमारी निमा काफ्ले, नकुल अर्याल, बालकृष्ण अधिकारी, मुख्य अधिकृत झबिन्द्र भुसाललगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर