२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

धुलिखेल–खावा सडकको काम धमाधम, समयअगावै सक्ने लक्ष्य (तस्बिरहरू)

shivam cement
२०८२ पुष ९ गते ११:१६
Shares
धुलिखेल–खावा सडकको काम धमाधम, समयअगावै सक्ने लक्ष्य (तस्बिरहरू)

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो ।

धुलिखेल–खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ । दैनिक सयभन्दा बढीले काम गरिरहेका छन् । १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ ।

उपकरण र सामानको अभाव छैन । पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुन्छ । स्थानीयको पनि सहयोग छ । लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए । 

तस्बिर: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

सम्बन्धित खबर