
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
जेन जेड आन्दोलनका क्रममा भदो २४ गते आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालको पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा उनीहरूले चित्रकारको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतमा उपचार सकेर दुई दिनअघि फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक डल्लुस्थित निवासमा पुगेका हुन् ।