२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

ADV
राजकुमार के.सी.
२०८१ साउन १३ गते १९:४५
६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

हेटौंडा : विभिन्न राजनीतिक दल परित्याग गरी मकवानपुरका ६० जनाभन्दा बढी नेता÷कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त नेता÷कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले उनीहरुलाई  स्वागत गरेको केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जानकारी दिए ।

गौतमका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनाल, मकवानपुर क्षेत्र नं. १ उपसभापति जगदिश दाहाल, जिल्ला युवा समिति संयोजक दामोदर दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का उपसभापति विकास श्रेष्ठ, पार्टी सदस्य राजु माझी, बिश्व गौतम, नेपाली कांग्रेस सम्वद्ध निर्माण व्यवसायी संघ मकवानपुर जिल्ला कोषाध्यक्ष उद्धव देवकोटा, व्यवसायी बिनोद न्यौपाने, नेपाली कांग्रेस पार्टी सदस्य सुभाष लामिछाने, राजकुमार तामाङ, जसपा हेटौंडा उपमहानगर सदस्य भीमप्रसाद विश्वकर्मा, नेकपा एमाले सम्वद्ध खेलकुद संगठनका बागमती प्रदेश कमिटी सदस्य किशोर श्रेष्ठ, स्वतन्त्र युवा विश्व गौतम र रोहित रिजाल लगायत ६० जनाभन्दा बढी रहेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य रमेश मल्ल, विजय गौतम, प्रल्हाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, पार्टी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान, बागमती प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान, ललित घलान, शुभरत्न गोले, सदस्यहरु लक्ष्मी माझी, रेखा पुलामी, सागर अर्याल लगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise