२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित

shivam cement
२०८२ पुष ९ गते १८:१९
Shares
इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित

काठमाडौंः इराकी विद्युत् मन्त्रालयका अनुसार, इरानले ग्यासको आपूर्ति पूर्ण रूपमा रोक्दा इराकमा विद्युत् उत्पादन चार हजार पाँच सय मेगावाटसम्म घटेको छ। मन्त्रालयका अनुसार इरानले आपतकालीन अवस्थाको कारण देखाउँदै ग्यास आपूर्ति रोक्ने निर्णय गरेको हो ।

ग्यास अभावका कारण उत्पन्न सङ्कटलाई न्यूनीकरण गर्न इराकी विद्युत् मन्त्रालयले तेल मन्त्रालयसँग समन्वय गरी स्वदेशी वैकल्पिक इन्धन प्रयोग गरेर अधिकांश विद्युत् केन्द्र सञ्चालनमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।

दशकौँदेखि द्वन्द्व र अस्थिरताका कारण दीर्घकालीन विद्युत् अभाव भोग्दै आएको इराक विद्युत् उत्पादनका लागि विशेष गरी गर्मी याममा इरानी ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ । तर प्राविधिक समस्या, मर्मतसम्भार तथा भुक्तानीसम्बन्धी विवादका कारण ग्यास आपूर्ति बारम्बार अवरुद्ध हुने गरेको छ, जसका कारण देशका विभिन्न भागमा पटक–पटक विद्युत् कटौती हुँदै आएको छ ।

सन् दुई हजार अठारदेखि संयुक्त राज्य अमेरिकाले इराकलाई इरानबाट ग्यास आयात गर्न प्रतिबन्ध छुट दिँदै आएको भए पनि यस वर्ष मार्चमा उक्त नीतिमा कडाइ गरिएको थियो । त्यस क्रममा इरानबाट सिधै विद्युत् आयात गर्न दिइएको अनुमति हटाइए पनि ग्यास आयातसम्बन्धी छुट भने कायम राखिएको मन्त्रालयले जनाएको छ । एजेन्सी

सम्बन्धित खबर