२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

एनपिएल : आज पोखरा र सुदूरपश्चिम आमनेसामने

Nada
२०८३ कार्तिक ११ गते ११:४१
Shares
एनपिएल : आज पोखरा र सुदूरपश्चिम आमनेसामने

काठमाडौं : तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्र्गत  आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । 

कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन । 

यस सिजनको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलंकाका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । 

सम्बन्धित खबर