२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बजार पहुँच नहुँदा किसानको दुध घरमै

shivam cement
२०८२ पुष १० गते १०:२०
Shares
बजार पहुँच नहुँदा किसानको दुध घरमै

भोजपुर : भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दुध बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दुध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दुध बिक्री-वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दुध भने बजारसम्म पुर्‍याउन कठिनाइ रहेको किसानको गुनासो छ ।

भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दुध संकलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दुध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका-५ का स्थानीय कृषक अडिबहादुर विष्टका अनुसार गाउँघरमा उत्पादन हुने दुध बिक्रीको वातावरण नहुँदा मही पारेर खानुपर्ने अवस्था छ । “विगत लामो समयदेखि पशुपालन गर्दै आएको छु । मेरोमा दैनिक आठदेखि १० लिटर दुध उत्पादन हुन्छ, तर बजार नहुँदा मही पारेर नै खपत गर्नुपरेको छ”, उनले भने, “यहाँ उत्पादन भएको दुधलाई बाह्य बजारसम्म लैजाने व्यवस्था भएमा मजस्ता स्थानीय किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।”

केही किसानहरूले व्यावसायिक उद्देश्यका साथ पशुपालन गर्दै आए पनि लगानी र मेहनतअनुसारको आम्दानी लिन नसकेको गुनासो पनि छ । सदरमुकाम आसपासका जोखिम, दावा, पोखरे, खुरीला, ढुंगे, श्यामशिलालगायत क्षेत्रका स्थानीय बासिन्दाले मात्र दुध बिक्री गर्दै आएका छन् । 

ताजा खबर

सम्बन्धित खबर