२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

shivam cement
२०८२ पुष १० गते १०:३३
Shares
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ : यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। 

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए ।  

ताजा खबर

सम्बन्धित खबर