२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

शिक्षामा लगानी बढाउन आवश्यक : प्रधानमन्त्री कार्की

shivam cement
२०८२ पुष १० गते १४:५३
Shares
शिक्षामा लगानी बढाउन आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् ।

विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि उनले बताइन् । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको उनले बताइन् ।

उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको बताइन् । 

प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको पनि उल्लेख गरिन् ।

ताजा खबर

सम्बन्धित खबर