२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बालेनसँग भेटेपछि बाबुरामः 'नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ'

shivam cement
२०८२ पुष १० गते १७:५८
Shares
बालेनसँग भेटेपछि बाबुरामः 'नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ'

काठमाडौंः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । बिहीवार ज्वागलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताए । उनले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने बताए । उनले भने, ‘नयाँ र वैकल्पिकहरु जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ ।’

बिहीवार बिहानैदेखि प्रमुख साहलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका छन् ।

साहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली काँग्रेस नेता डा। सुनिल शर्मा, नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि साहलाई भेटेका छन् । नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो ।

ताजा खबर

सम्बन्धित खबर