२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बबई नदीमा १० वटा घडियाल गोहीका बच्चा छाडियो

shivam cement
दीपकलाल श्रेष्ठ
२०८२ पुष १० गते २०:५२
Shares
बबई नदीमा १० वटा घडियाल गोहीका बच्चा छाडियो

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा हुर्काइएका १० वटा घडियाल गोही बबई नदीको परेवा ओढारमा छाडिएको छ । 

वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा समेत उपस्थित एक कार्यक्रममा बबई नदीमा बुधबार १०वटा गोहीका बच्चा प्राकृतिक बासस्थानमा छाडिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारास्थित घडियाल प्रजनन् केन्द्रमा हुर्काइएका चार वर्ष उमेरका पाँच पोथी र पाँच भाले गरी १० घडियाल बबई नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 

हाल घडियाल प्रजनन् केन्द्रमा ठुला १ सय ५० र साना ७० गरी जम्मा २ सय २० घडियाल संरक्षणमा रहेका छन् । नेपाल सरकारले वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार घडियाललाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ ।

निकुञ्जका अनुसार कर्णाली र बबई नदी प्रणालीमा प्राकृतिक रूपमा भेटिने घाइते घडियाल, नदी किनारमा फेला पर्ने बेवारिसे अण्डा तथा जोखिममा रहेका भाले–पोथीलाई केन्द्रमा ल्याइ उचित स्याहार–सम्भार गरिँदै आइएको छ ।

घडियाल पुनःस्थापनाबाट घडियालको संख्या वृद्धि हुनुका साथै नदी प्रणालीमा जैविक सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुगेको निकुञ्जले जनाएको छ । यही असोज ३० गते पनि १० वटा घडियाल गोही बर्दिवास निकुञ्जभित्रकै खौराहा खोलामा छाडिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर