२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

shivam cement
२०८२ पुष ११ गते ०९:२४
Shares
आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

हुम्ला : सर्केगाड गाउँपालिका-२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । 

फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए। स्थानीयको पहलमा आगो निभाइएको उनले बताए। आगलागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले बताए। “अहिले आगो निभाइसकिएको छ”, उनले भने । 

घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले बताए ।

ताजा खबर

सम्बन्धित खबर