२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भेनेजुएलाद्वारा समुन्द्री डकैती र नाकाबन्दीविरुद्धको नयाँ कानुन पारित

shivam cement
२०८२ पुष ११ गते ११:३१
Shares
भेनेजुएलाद्वारा समुन्द्री डकैती र नाकाबन्दीविरुद्धको नयाँ कानुन पारित

काठमाडौंः भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी र अन्य अवैध अन्तर्राष्ट्रिय कार्यहरूबाट जलसम्बन्धी स्वतन्त्रता र व्यापारको रक्षा गर्ने उद्देश्यले नयाँ कानुन पारित गरेको छ ।

क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरू अमेरिकाले नियन्त्रणमा लिएपछि यो कदम चालिएको हो । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले मतदानपछि समुन्द्री डकैती, नाकाबन्दी र अन्य अन्तर्राष्ट्रिय अवैध कार्यहरूविरुद्ध जलयात्रा र वाणिज्यको स्वतन्त्रता सुनिश्चित गर्ने कानुन पारित भएको घोषणा गरे। यो कानुन एक विशेष सत्र र आकस्मिक प्रक्रिया अन्तर्गत पारित गरिएको हो ।

यस कानुन मा समुन्द्री डकैती वा नाकाबन्दीलाई प्रोत्साहन गर्ने वा लगानी गर्ने जोकोहीलाई २० वर्षसम्मको जेल सजाय हुने प्रावधान राखिएको छ । अधिकारीहरूले अमेरिकी खतराको रूपमा व्याख्या गरेका गतिविधिहरूबाट भेनेजुएलाको व्यावसायिक र राजनीतिक सम्बन्धलाई सुरक्षित राख्नु यस कानुन को मुख्य लक्ष्य हो । राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय सार्वभौमसत्ताको रक्षाको प्रयास स्वरूप प्रस्ताव गरेको यस विधेयकलाई सोमवार नेशनल एसेम्बलीले पहिलो चरणमा अनुमोदन गरेको थियो । 
 

ताजा खबर

सम्बन्धित खबर