२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

चीनद्वारा  इन्टरनेट उपग्रह प्रक्षेपण

shivam cement
२०८२ पुष ११ गते १५:१३
Shares
चीनद्वारा  इन्टरनेट उपग्रह प्रक्षेपण

वेनछाङ : चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको एक समूहलाई अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–८ए चीनद्वारा विकास गरिएको आधुनिक  रकेट हो, जसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु हो । यो लङ मार्च रकेट शृंखला उन्नत संस्करण मानिन्छ । 

विशेष गरी  पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ । उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी दुवै प्रयोजनका लागि उपयुक्त क्षमताका कारण लङ

मार्च–८ए चीनको अन्तरिक्ष कार्यक्रमको महत्वपूर्ण हिस्सा बनेको छ ।बिहान ७ बजेर २६ मिनेटमा हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उडेको रकेटले न्यून पृथ्वी कक्षामा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यस सफल प्रक्षेपणले चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । –रासस/सिन्ह्वा

ताजा खबर

सम्बन्धित खबर