
पुस्तक : सोच– एउटा आत्मविश्वास
लेखक : कर्ण शाक्य
यो पुस्तक लेखकको व्यक्तिगत जीवनानुभव, संघर्ष र सफलताको कथा हो । जसमा सकारात्मक सोच, आत्मविश्वास र देशप्रेमको सन्देश छ । सरल भाषा, प्रेरणादायी विचार र नेपाली युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने शैलीले यो नेपालको क्लासिक बेस्टसेलर बनेको छ ।
२०६२/६३ को जनआन्दोलन र लोकतन्त्र बहालीपछिका दुई दशकमा नेपाली साहित्य बजारले उल्लेख्य फड्को मारेको छ । यस अवधिमा आएका बेस्टसेलर पुस्तकले लेखकलाई सेलिब्रिटी मात्र बनाएन्, होलटाइम पनि बनायो । व्यावसायिक प्रकाशन गृहको उदय, सामाजिक सञ्जाल र ई–मार्केटिङले समग्र पठन संस्कृतिकै विस्तार गरिदिएको छ । मध्यान्हले प्रकाशक गृह, लेखक, विक्रेता एवं समीक्षकबाट प्राप्त सूचना विश्लेषण गरी दुई दशक (२०६२–०८२)का बेस्टसेलर २० पुस्तकको सूची तयार पारेको छ ।