२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गजल

shivam cement
रिता गिरी ‘रेनुका’
२०८२ माघ १७ गते ०६:०५
Shares
गजल

धन ठुलो हो कि विद्या यस्तै सवाल बारम्बार चल्छ
आजकल झुटको जीत सत्यको हारमै संसार चल्छ ।।

तिमी कुन अदालत र कुन न्यायको कुरा गर्छौ भन 
दोषी अपराध गर्नमै व्यस्त छ निर्दोषले कारागार चल्छ ।।

मलाई मुना र मदनको कहानी नसुनाऊ ए साथी
यी सबै बकवास हुन मायाले कहाँ व्यवहार चल्छ ।।

राम्रो काम गरेँ तिमी भ्रममा नपर्नु कसैले देख्दैन
थोरै बिराइदेऊ बाटो इज्जत उतार्न  बजार चल्छ ।।

यहाँ जिन्दगी बरबाद गर्ने कुराहरू नै प्रिय हुन्छन् 
बजारमा दूध भन्दा दारुको व्यापार निकै चल्छ ।।

ताजा खबर

सम्बन्धित खबर