२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

उदयपुर एक्स्पो सुरु

shivam cement
बिन्द्र राई
२०८२ माघ २३ गते २१:०९
Shares
उदयपुर एक्स्पो सुरु

उदयपुर : उदयपुरमा शुक्रबारदेखि उदयपुर एक्स्पो २०८२ सुरु भएको छ । त्रियुगा नगरपालिका–गाईघाटस्थित त्रियुगा नदी किनारमा आयोजना गरिएको एक्स्पोको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीले गरेका हुन् । 

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक्स्पो सञ्चालनमा आएको हो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले व्यापार–व्यवसायको प्रवर्धनमा मेला तथा महोत्सवको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताए । व्यापार तथा व्यवसाय चलायमान भएमा आर्थिक समृद्धि स्वतः अगाडि बढ्ने उनको भनाइ थियो। प्रदेश सरकारले आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले मेला–महोत्सवमा आर्थिक सहयोग गर्दै आएको पनि उनले बताए ।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगतका अनुसार एक्स्पोले स्थानीय उत्पादन र परिकारको बजारीकरणमा टेवा पु¥याउनुका साथै रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ ।

फागुन ८ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १ सय ६० वटा स्टल निर्माण गरिएको छ, जसमध्ये ९ वटा निःशुल्क राखिएका छन् । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको प्रदर्शनीसँगै दर्शक आकर्षणका लागि ताजमहल र लन्डन ब्रिज निर्माण गरिएको सेल्फी जोन पार्क तथा जलपरी टनेल समेत राखिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर