२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कृषि मन्त्रालयका कर्मचारी पुन: आन्दोलनमा

Nada
२०८१ साउन १७ गते ११:५३
Shares
कृषि मन्त्रालयका कर्मचारी पुन: आन्दोलनमा

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

ncell

कृषि तथा  पशुपंक्षी विकास मन्त्रीको रूपमा मन्त्रालय सम्हालेका रामनाथ अधिकारीले समस्या समाधानका लागि केही समय दिन माग गरेपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए । तर हालसम्म मन्त्रीले  माग पूरा नगरेको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरु समायोजनपछि बढुवा नभएको भन्दै उनीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना बसेका छन् । 

संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलनमा छन् ।

ताजा खबर

सम्बन्धित खबर