२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

यमनमा हवाई आक्रमणमा मारिएकाहरूको सामूहिक अन्त्येष्टि, ४४ जनाको मृत्यु

Nada
२०८३ कार्तिक २७ गते ११:५३
Shares
यमनमा हवाई आक्रमणमा मारिएकाहरूको सामूहिक अन्त्येष्टि, ४४ जनाको मृत्यु

काठमाडौँ : यमनको राजधानी सानाअ नजिकैको एक गाउँमा भएको हवाई आक्रमणमा मारिएका व्यक्तिहरूको बुधवार सामूहिक अन्त्येष्टि गरिएको छ । 

राजधानी सानाअको अल-शाब मस्जिदमा आयोजित अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका थिए । उनीहरूले मृतकप्रति प्रार्थना गर्दै शवपेटिकासहित अन्तिम संस्कारमा सहभागिता जनाएका थिए । मृतकमा महिला तथा बालबालिका समेत रहेका छन् । हुथी समूहकाअनुसार सानाअको पूर्वी क्षेत्रमा पर्ने बानी हुशायस जिल्लाको अश शरियाह गाउँमा भएको हवाई आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो ।

 यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन समर्थित सरकारी सेनाबीच द्वन्द्व चर्किँदै गएको समयमा उक्त आक्रमण भएको हो । पछिल्लो समय यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भइरहेका छन् भने हुथी समूहले साउदी अरबभित्र क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गर्दै आएको छ । सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी सानाअसहित उत्तरी यमनका अधिकांश भूभाग नियन्त्रणमा लिएपछि देशमा द्वन्द्व शुरु भएको थियो । 

त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी अरब नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो । त्यसयता यमन लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा पर्दै आएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर