२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

वरिष्ठ सइको तलब बढाउन सर्वाेच्चको परमादेश

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १२:२०
वरिष्ठ सइको तलब बढाउन सर्वाेच्चको परमादेश

काठमाडौँ : प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलब वृद्धि गर्न सर्वाेच्च अदालतले परमादेश दिएको छ । एक तह बढुवा हुँदा पनि खाइपाई आएभन्दा कम तलब बुझ्दै आएका वरिष्ठ सइको तलब वृद्धि गर्न सर्वाेच्च अदालतले परमादेश दिएको हो । 

तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए । जसमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले बुधबार परमादेश जारी गरेको हो । 

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरूले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरू बढुवा भएका थिए । तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरूले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise