२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मधेश प्रदेश समन्वय परिषद् कतारले बृहत् इफ्तार कार्यक्रम गर्ने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन ६ गते १६:४३
Shares
मधेश प्रदेश समन्वय परिषद् कतारले बृहत् इफ्तार कार्यक्रम गर्ने

दोहा कतार : इस्लामिक धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसरमा मधेश प्रदेश समन्वय परिषद् कतारले इफ्तार कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबारबाट मध्यपूर्वमा सुरु भएको रमदानको तेस्रो दिनमै परिषद् मातहतका जिल्ला संस्थाहरूको सहआयोजनामा इफ्तार कार्यक्रमको आयोजना गर्न लागेको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आउँदो शुक्रबार मुन्तजामा रहेको गोर्खाली रेस्टुरेन्टमा दिउँसो १ बजेबाट आस्थावानहरुबीच शुभकामना आदानप्रदान गर्दै सँगै इफ्तार गरी रमदान मनाउन लागिएको आयोजकले जनाएको छ । परिषद्मा सप्तरी सेवा समाज, सिराहा सेवा समाज, धनुषा सेवा समाज, महोत्तरी समाज सेवा, सर्लाही प्रवासी सेवा समाज, बारा आदर्श सेवा समाज र मधेसी एकता समाज कतार आबद्ध छन् । इफ्तार कार्यक्रममा उपस्थितिबा लागि परिषद् कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खानले कतारमा श्रम गर्दै आइरहेका सम्पूर्ण मुस्लिम तथा गैरमुस्लिम नेपाली समुदायलाई आग्रह गरेका छन् ।

रमदानमा कठोर उपवास बस्ने, सामूहिक इफ्तार गर्ने, सामूहिक नमाज कल्याणका लागि अल्लाहसँग दुआ (प्रार्थना) गर्ने, मौन व्रत राखे पुण्य प्राप्त हुने विश्वास गरिन्छ । रमदान भन्ने बित्तिकै केवल व्रत अनि रोजाका कुरा मात्र नभई सामाजिक, सांस्कृतिक, चालचलन, अनि परापूर्व कालीन निरन्तरता अनि पवित्रताका अभ्यासहरूको समायोजन पनि रहेको हुन्छ । कुरानका अनुसार रोजा राख्दा अप्रिय बोली बोल्ने, झुटो बोल्ने, हिंसा गर्ने, गैह्र सामाजिक कार्य गर्ने, अर्काको अपमान गर्ने र शारीरिक सम्पर्क गर्नेहरूलाई व्रतको फल नमिल्ने उल्लेख गरिएको छ ।

सम्बन्धित खबर