२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १२:५२
एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटल बसेरामा बैठक शुरु भएको हो ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटलमा बैठक राखिएको हो ।

बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । 

बैठकमा सरकारको काम प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने उनले बताए ।

एमालेले पार्टीमा एक व्यक्ति एक पद लागू गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise