काठमाडौं : पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा भएको तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको हो ।
जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ । नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
युगान्डाको जितमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन् भने जेनेट बाबाजीले २७ रन जोडिन् । नेपालकी कविता कुँवरले २ विकेट लिईन् । यस्तै रुबिना क्षेत्री र इन्दु वर्माले समान १ विकेट हात पारिन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भइन् ।
बिन्दु रावल ४, रोमा थापा र डोली भट्टले समान ३ रनमै समेटिए । इन्दु वर्मा १ रनमा आउट हुँदा सरिता मगर र कविता कुँवर सुन्य रनमा आउट भईन् भने सबनम राई १ रनमा अविजित रहिन् ।
युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले समान २ विकेट लिए । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शुक्रबार चौंथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies