२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

मुखमा टेप लगाएर सहकारी पीडितको प्रदर्शन

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १३:१७
मुखमा टेप लगाएर सहकारी पीडितको प्रदर्शन

काठमाडौं : सहकारी पीडितहरूले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका छन् । समस्या समाधान गर्न पटक-पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा बिहीबार मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । 

प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरूले रिले अनशन गरेका थिए । 

रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरूको गुनासो छ । पीडितहरू मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।


 

ADVADV

सम्बन्धित खबर

Advertise