
दोहा कतार : कतारमा रहेका बागमती प्रदेशवासीहरूको साझा संस्था बागमती प्रदेश समन्वय परिषद् कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । विविध सांस्कृतिक कार्यक्रमसहित खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको अधिवेशनको बन्द सत्रबाट कविन्द्र कँडेल (धादिङ) को अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएका छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा क्रमशः रामहरि चौलागाईं, गणेश तवाडी, रमेश केसी र ममता रानाभाट खत्री रहेका छन् । त्यस्तै महासचिवमा गङ्गा सुनुवार, उपमहासचिवमा दिनेश अधिकारी र सचिवमा रमेश इटानी, कोषाध्यक्ष सन्तोष घिमिरे र सह कोषाध्यक्षमा रामप्रसाद वाग्ले रहेका छन् । परिषद्का प्रवक्तामा विमल सुवेदी सर्व सहमत चयन भएका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरूमा क्रमशः राजु गोले (काले), अविरल विश्वकर्मा, गणेश अर्याल, शिवानी घले, इन्दिरा परियार, राम गिरी, सरला तामाङ, सरोज पन्त, मेघ लामा र वीरबल तामाङ रहेका छन् । नव कार्यसमितिलाई निर्वाचन समितिका संयोजक सागर नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
अधिवेशनको खुला सत्र परिषद्का अध्यक्ष ललित तामाङको अध्यक्षता तथा सामाजिक व्यक्तित्व डा. देवकाजी डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कतारमा स्थापित विभिन्न वैचारिक, जिल्ला, सामाजिक संघसंस्था, बुद्धिजीवी, पत्रकार लगायत कतारमा रहेका बाग्मती बासीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा कतारमा रहेका विभिन्न कलाकारले सागीतीक प्रस्तुति दिएका थिए । परिषद्को कार्यकालमा सहकार्य गरेका संघसंस्था, विभिन्न सहयोगी, कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्यहरू सहित सागीतीक प्रस्तुति दिने कलाकारहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डङ्गोललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान ग्रहण लगत्तै अधिवेशनलाई सम्बोधन गर्दै डङ्गोलले आफू बागमती प्रदेशमै जन्मिएको हुदॉ कार्यक्रममा सरिक हुदॉ आफूलाई खुसी लागेको बताए । सन १९९७ मा कतार एयरवेजलाई नेपालमा अवतरण गराउने देखी कतारको पहिलो नेपाली व्यवसायी बन्दा सम्मको जीवनका भोगाइलाई उनले बागमतीवासीमाझ साझा गरेका थिए ।
अधिवेशनको खुला सत्रलाई महासचिव आयुस घलेले सहजिकरण गरेका थिए । ममता रानाभाटले स्वागत मन्तव्य राखेको कार्यक्रमको औचित्यका बारेमा उपाध्यक्ष नीमा मोक्तान तामाङले प्रस्ट पारेका थिए । अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष तामाङले रमजानको शुभकामना सहित कार्यकालमा परेका अप्ठ्यारा र सहजता प्रति खुलेर बोलेका थिए ।