२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सौर्य एयरलाइन्स दुर्घटना : क्याप्टेन मनिष शाक्य डिस्चार्ज हुँदै 

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १५:०७
सौर्य एयरलाइन्स दुर्घटना : क्याप्टेन मनिष शाक्य डिस्चार्ज हुँदै 

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्य रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जानकारी गराएको छ । 

स्वास्थ्य अवस्था सुधार भएपनि क्याप्टेन शाक्यलाई घटनाबारे बोल्न नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । सोही कारण शाक्यले आज अस्पतालमै गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको बताइएको छ ।

आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारीसमेत गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले उनलाई नबोल्न निर्देशन दिएपछि पत्रकारसँग साक्षात्कार भने हुन नसक्ने बताइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise