२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

बराहक्षेत्र-१० मा नि:शुल्क ट्याक्टर सेवा र न्यून शुल्कमा शारीरिक व्यायमशाला सञ्चालनमा

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १६:३५
बराहक्षेत्र-१० मा नि:शुल्क ट्याक्टर सेवा र न्यून शुल्कमा शारीरिक व्यायमशाला सञ्चालनमा

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं १० प्रकाशपुरस्थित वडा कार्यालयले नि:शुल्क ट्याक्टर सेवा र न्यून शुल्कमा व्यायमशाला सञ्चालनमा ल्याएको छ ।

वडा कार्यालयले गत आर्थिक वर्षको बजेटबाट एउटा ट्याक्टर र शारीरिक सुगठन केन्द्र (व्यायमशाला केन्द्र) सञ्चालनमा ल्याएको हो । बिहीबार बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की र वडा अध्यक्ष तेजबहादुर गुरुङले संयुक्तरुपमा पूजापाठ गरी ट्याक्टर सेवा र व्यायमशालाको उद्घाटन गरे ।

वडा कार्यालयले करिब १४ लाख ५५ हजारमा खरिद गरेको ट्याक्टरले विशेषगरी घरदेखि घाटसम्म शव लैजान र शव दाहसंस्कार गर्नका लागि आवश्यक सामग्री बोक्न प्रयोग हुने वडाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

यस्तै नगरपालिकाले १० लाख रुपैयाँको लागतमा व्यायमशाला सञ्चालनमा ल्याएको उनले बताए । उक्त व्यायमशाला सञ्चालन तथा व्यवस्थापनका साथै रेखदेख भने प्रकाशपुर युवा जमातले गर्नेछ । व्यायमशालामा व्यायम गर्न प्रतिमहिना १५० देखि ६ सय मात्र लाग्ने वडाध्यक्ष गुरुङले जानकारी दिए । व्यायम गर्ने इच्छा भएपनि आर्थिक समस्या भएका युवा युवतीहरुलाई नि:शुल्क सेवा उपलब्ध गराइने उनले बताए ।

उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी तथा स्थानीय सरोकारवाला, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise