काठमाडौंः २०७४ साउनमा छात्रालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका त्कालीन प्रिन्सिपल राजकुमार खड्का रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी कमल थापाले जानकारी दिए ।
उनले कक्षा ९ मा अध्ययरत छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।
पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको एसपी थापाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies