२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कविता : ओखलढुङ्गा

shivam cement
होमनाथ खनाल
२०८२ फागुन १६ गते ०६:०५
Shares
कविता : ओखलढुङ्गा

युगकवि सिद्धिचरण यस जिल्लाले देख्यो
‘मेरो प्यारो ओखलढुङ्गा’ मिठो कविता लेख्यो ।
यही जिल्लामा जन्मनु भो बलबहादुर राई,
जिल्लावासी खुशी थिए, सालीन नेता पाई ।

ईश्वर पोखरेल, यज्ञ सुनुवार, रामहरि अनि,
तेजन खनाल, होमनाथ दाहाल, रुक्माङ्गत कटुवाल पनि ।
जन्माएको थियो यस जिल्लाले यस्ता नेता धेरै,
विकासले गति लियो, लागेन कहिल्यै ढिलै ।

मेलवा देवी पाण्डव, सुनुवार, ब्याकुल माहिला पनि,
जन्मेका थिए यसै ठाउँमा, गर्व गर्छन् हामी ।
यातायातको सुविधा छ, गाडी र प्लेन पनि,
सबै कुराले परिपूर्ण ओखलढुङ्गा अनि ।

डाँडावारि, डाँडापारि दुबै तिर सहर,
यस जिल्लामा घुम्ने मेरो थियो ठूलो रहर ।
स्रष्टाहरूका सालिक देखेँ, देखेँ ओखल पनि,
यही ओखलकै नामले जन्मियो ओखलढुङ्गा अनि ।

यज्ञबहादुर क्याप्टेन भए, भि.सी. अगम राई,
ओखलढुङ्गा सधैं हाँस्छ यस्ता बहादुर पाई ।
देशकै दोस्रो ठूलो पोकली झरना हेरीरहूँ हुने,
हरियाली डाँडाकाँडाले मन सधैं छुने ।

प्रधानन्यायाधीश हुनु भयो हरिकृष्ण कार्की,
यस जिल्लाले नेता पायो धेरै माथि–माथि ।

सम्बन्धित खबर