तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार, १२ जेठ । कतारमा हुने विश्वकप फुटबलका लागि पहिलो पटक महिला रेफ्री अनुबन्ध गरिएको छ । महिला रेफ्री समावेश गरिएको फिफाको इतिहासमा यो पहिलो पटक हो ।
नोभेम्बर २१ बाट शुरु हुने वल्डकपको रेफ्रिका लागि फ्रान्सबाट रेफ्री स्टेफनी फ्रापार्ट, रुवान्डाका सलिमा मुकानसाङ्गा र जापानकी योशिमी यामाशिताका साथै सहायक रेफ्री ब्राजिलका नेउजा ब्याक, मेक्सिकोका करेन डियाज मेडिना र अमेरिकी क्याथ्रिन नेस्बिटलाई प्रतियोगिताको लागि अनुबन्ध गरिएको छ ।
कतारका विभिन्न स्टेडियममा हुने खेलमा फिफाले ४ कतारी रेफ्रीलाई समेत समावेश गरेको छ । कतारबाट अब्दुलर हमान अल जसिमलै मुख्य रेफ्री, तालेब अल मार्री र साउद अहमद अल मकालेह सहायक रेफ्री र अब्दुल्ला अल मार्री भिडियो म्याच अफिसियलका रूपमा रहेनछन् ।
प्रतियोगिताका लागि कुल ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरिएको फिफाले जनाएको छ । प्रतियोगिताको लागि तीन रेफ्री र तीन सहायक रेफ्रीबाट खेल खेलाइने फिफाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies